साना मुलुकहरु पनि ठूला मुलुकहरुजत्तिकै महत्वपूर्ण: मोदी

असार १४, २०७३- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूहरुले छिमेकी मुलुकहरुसँग सधै मित्रवत सम्बन्ध राख्न चाहेको बताएका छन् । प्रधानमन्त्री भएको करिव २५ महिनापछि पहिलो पटक निजी सञ्चार माध्यम ‘टाइम्स अफ इन्डिया’लाई दिएको एक अन्तर्वार्तामा मोदीले यस वारेमा कुनै बहसको नै आवश्यकता नभएको वताएका छन् । मोदीको विदेश नीतिको सम्वन्धमा सोधेको प्रश्नमा मोदीले आफूनो सपथ ग्रहण समारोहमा सार्क राष्ट्रका राज्य तथा सरकार प्रमुखलाई बोलाएको र उनीहरुले त्यसमा सहभागीता समेत जनाएको उल्लेख गरेका छन् । मोदीले आफ्नो त्यो उद्देश्यमा अहिले पनि कुनै परिवर्तन नआएको बताएका छन् । ‘हाम्रो उदेश्य, विचार तथा अहिलेको व्यवहारमा कुनै पनि परिवर्तनका आएको छैन,’ उनले भनेका छन् । उनले ठूला मुलुकसँग सम्बन्ध विस्तार गर्दा साना मुलुकहरु कम महत्त्वका हुन्छन् भन्ने ठान्न नहुने सिद्धान्तमा अडिग रहेको बताएका छन । ‘साना मुलुकहरु पनि ठूला मुलुकहरुजत्तिकै महत्त्वपूर्ण हुन्छन्,’ मोदीले भने । ‘पहिला हामीलाई लागेको थियो कि ठूला मुलुकहरुसँग सम्बन्धमा स्याडोमा साना मुलुकहरुसँगको सम्बन्ध विकास हुन्छ तर त्यसमा मैले परिवर्तन ल्याएँ,’ उनले भने । मोदीले प्रधानमन्त्री भएपछि विदेश नीति आफ्नो लागि नयाँ विषय भएको स्वीकार गरेका छन् । ‘त्यसैले मेरो लागि प्रोएक्टिभ अत्यन्तै आवश्यक थियो । हामीले टिममा काम गरिरहेका छौं । विदेश मन्त्रालय, प्रधानमन्त्री कार्यालय, वाणिज्य मन्त्रालय, रक्षा मन्त्रालय सवै छुट्टै होइन टिममा काम गरिरहेका छन्,’ मोदीले अन्तर्वार्तामा भनेका छन् । मोदीले सबै टिमले एउटा निश्चित दिशामा काम गरेकोले त्यसको प्रभाव पनि देखिएको वताएका छन् । उनले आफ्नो विदेश नीति दुई ठूला सुपर पावरमा केन्द्रित हुने समेत वताए । उनले सरकार—सरकारबीचको सम्वन्ध मात्रै पर्याप्त नहुने भन्दै जनताको सम्बन्धमा पनि ध्यान दिनुपर्ने बताए । ‘सरकार–सरकारबीचको सम्वन्ध पनि महत्वपूर्ण छ तर जनता र जनताबीचको सम्पर्क पनि त्यति नै महत्वपूर्ण छ,’ उनले भनेका छन् । भारतीय पत्रकार अर्नव गोसामीले विशेषत: भारतको पाकिस्तानसँगको सम्बन्धका वारेमा सोधेको प्रश्नमा मोदीले यस्तो जवाफ दिएका हुन् । उनले पाकिस्तानले आंतकवादी गतिविधिलाई वढावा दिएको तर्फ संकेत गदै भारत सधै एकता र शान्तपूर्वक बस्न चाहेको बताएका छन् । उनले पाकिस्तान र भारत दुवै गरिवीविरुद्ध लडेकाले गरिवी विरुद्धसँगै लड्न सकिने समेत वताएका छन् । पाकिस्तानसँगको सम्बन्धको बारेमा मोदीले भनेका छन् जो टेबलबाट काम गर्छन् उनीहरु टेबलवाटै गरिरहेका छन् र जो सिमानामा बसेर काम गरिरहेका छन्, उनीहरुले सिमानाबाट गरिरहेका छन् ।

0 comments

Write Down Your Responses