स्मार्टफोनबाट भाइरस हटाउने सजिलो उपाय

स्मार्टफोनबाट भाइरस हटाउने सजिलो उपाय तपाईंको फोनमा प्रायः जसो इन्टरनेट कनेकट भइरहन्छ भने भाइरसको खतरा पनि उत्तिकै हुन्छ। भाइरस आएपछि त्यसलाई पूर्णरुपमा हटाउन फोनको फ्याक्ट्री रिसेट गर्ने सल्लाह दिइन्छ। तर यसो गर्दा फोनमा भएका डाटा, गेम, फोटो, म्यासेज सबै जान्छन्। त्यसैले यसो नगरीकन भाइरस हटाउने अरु उपाय अपनाउन सकिन्छ र केही गर्दा नभए मात्र फ्याक्ट्रि रिसेट गर्न सकिन्छ। सबैभन्दा पहिले यदि हालै कुनै एप डाउनलोड गरेको र त्यसपछि भाइरसले सताएको भए यसका लागि एन्टीभाइरस डाउनलोड गरेर आफ्नो स्मार्टफोन स्क्यान गर्ने। एन्ड्रोइड स्मार्टफोनलाई सेफ मोडमा बुट गर्न सकिन्छ। सेफ मोडमा सबै एपले काम गर्न बन्द हुन्छन् र डाटा कनेक्सन रोकिन्छ। यसपछि विस्तारै फाइल छान्दै डिलीट गर्न सकिन्छ। सेफ मोडमा बुट गर्न एन्ड्रोइड ४.० पछिको अपरेटिङ सिस्टम हुनपर्छ।

,

0 comments

Write Down Your Responses