पिपुल च्वाइस अवार्डको मनोनयनमा नवयुग, सन्दिपसहित ५ खेलाडी

खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोट्स अवार्ड अन्तरगत पिपुल च्वाइस अवार्डको मनोनयनमा फुटबलका नवयुग श्रेष्ठ र क्रिकेटका सन्दिप लामिछासहित ५ जना परेका छन्। नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको स्पोट्स अवार्ड अन्तर्गत पिपुल च्वाइस अवार्डको मनोनयन शुक्रबार सार्वजनिक गरिएको हो । पिपुल च्वाइस अवार्डको मनोनयनमा फुटबलर नवयुग श्रेष्ठ, क्रिकेटर सन्दिप लामिछानेसँगै भारोत्तोलनकी तारादेवी पुन, टेबलटेनिसकी नविता श्रेष्ठ र भलिबलकी प्रतिभा माली परेकी छन्। यसअघि यो अवार्डको नाम पपुलर अवार्डको नाममा थियो । २०७२ सालमा गरेको प्रदर्शनका आधारमा पाँच खेलाडीलाई मनोनयन गरिएको मञ्चले जनाएको छ। एमएसएम भोटिङको आधारमा साउन ६ गते हुने अवार्ड कार्यक्रममा विजेता छनोट गरिनेछ । नेपाली फुटबल टिमका खेलाडी नवयुगले बंगबन्धु र साग फुटबलमा स्वर्ण जित्दा महत्वपूर्ण भूमिका निभाएका थिए। यस्तै सन्दिप नेपालका युवा क्रिकेटर हुन् । यू-१९ विश्वकपमा राम्रो प्रदर्शन गरेपछि सिनियर टोलीमा डेब्यू गरेका उनले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्ध राम्रो प्रदर्शन गरेका थिए। कार्यक्रममा आफूलाई मन पर्ने खेलाडीलाई ३११३१ मा एसएमएस गरेर भोट दिन सकिने मञ्चले जनाएको छ। नवयुगलाई भोट दिन pulsar NY लेखेर ३११३१ मा एसएमएस गर्नु पर्नेछ। सन्दिपलाई भोट दिन pulsar SL लेखेर ३११३१ मा एसएमएस गर्नु पर्नेछ। तारादेवीलाई भोट दिन pulsar TP लेखेर ३११३१ मा एसएमएस गर्नुपर्ने छ। नवितालाई भोट दिन pulsar NS लेखेर ३११३१ मा एसएमएस गर्नुपर्ने छ। र प्रतिभालाई भोट दिन pulsar PM लेखेर ३११३१ एसएमएस गर्नु पर्नेछ।

,

0 comments

Write Down Your Responses