टेण्डर दर्ता गर्दा ‘ग्याङ फाइट
दमौलीः जिविसमा टेण्डर दर्ता गर्ने विषयमा जिविस परिसरमा ‘ग्याङ फाइट' भएको छ। एक समूह टेण्डर दर्ताका लागि गएका बेला अर्को समूहले आक्रमण गरे पछि भएको झडपमा एक युवक घाइते भएका छन्। जिविसले आन्तरिक कर संकलनका लागि खुलाएको टेण्डर दर्ता गर्न गएका व्यास ५ निवासी विष्णुबहादुर रानाको समूहमाथि आयुष बराल नेतृत्वको अर्को युवा समूहले आक्रमण गरेको हो। जिविस परिसरमै झडप भएपछि प्रहरीले दुबै समूहका नौजनालाई नियन्त्रणमा लिएको छ। घाइते रानाको भने दमौली अस्पतालमा उपचार भइहेको छ। प्रहरी नायब उपरीक्षक सुरेन्द्र गुरुङले घटनामा संलग्नमाथि अनुसन्धान गरिएको र कारबाही हुने बताए। पछिल्लो समयमा जिल्लामा हुने टेण्डरहरुमा युवा समूहबीच झडप तथा तनावको स्थिती आउने गरेको छ।



0 comments
Write Down Your Responses