श्रीमतीको हत्या गर्ने व्यक्ति पक्राउ

आफ्नै श्रीमतीको हत्या गर्ने भक्तपुरका विजय कार्की पक्राउ परेका छन्। बुधबार दिउँसो अन्दाजी १२:३० बजेको समयमा सूर्यविनायक नगरपालिका वडा न. ४ सल्लाघारी वस्ने २७ वर्षीय कार्कीले २५ वर्षीय श्रीमती दिपा कार्की (ढकाल) को हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ। प्रहरीका अनुसार सल्लाघारी स्थित आफ्नै घरको कोठामा फलामको हम्मरले टाउकोमा प्रहार गरी कार्कीले श्रीमतीको हत्या गरि फरार भएका थिए। फरार रहेकोमा उनलाई बुधबारनै एयरपोर्टबाट पक्राउ गरिएको हो। घटनास्थलमा महानगरीय प्रहरी बृत जगातीबाट प्र.ना.उ सहितको टोली खटेको थियो। उनलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप भई प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूबीच घरायसी विषयलाई लिएर पटक पटक वादविवाद, झै-झगडा हुने गरेको प्रहरीले बताएको छ। घटनास्थलबाट प्रहरीले फलामको हमर १ थानतथा अभियुक्तले लगाएको रगत जस्तो देखिने रातो पदार्थको छिट्टाहरू लगेको टिर्शट बरामद गरेको छ।

0 comments

Write Down Your Responses