सुल्तानका रेकर्ड नै रेकर्ड
बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘सुल्तान’ले लगातार नयाँ नयाँ रेकर्ड बनाइरहेको छ। यो फिल्मले सात दिनमै २०० करोडको आँकडा पार गरिसकेको छ। ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार सलमानको यो फिल्मले पहिलो दिनमै ३६.५४ करोड, दोस्रो दिन ३७.३२ करोड, तेस्रो दिन ३१.६७ करोड, चौथो दिन ३६.६२ करोड, पाँचौ दन ३८.२१, छैठौ दिन १५.५४ र सातौ दिन १२.९२ करोडको कमाइ गरेको थियो। यसरी समग्रमा एक साताको अवधिमा सुल्तानले कुल२०८.८२ करोडको कमाइ गरिसकेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
हेर्नुहोस् के के रेकर्ड बनायो सुल्तानले
सात दिनमै २ सय करोडको आँकडा पार
ओपनिङ कमाई ३६ करोड
ईदमा रिलिज भएको फिल्ममध्ये सबैभन्दा राम्रो ओपनिङ
रिलिजको तीन दिन अगाडि अग्रिम बुकिङ खुला
तीन दिनमै १०५ करोडको आँकडा पार
वर्डवाइड तीन दिनमा ३५० करोड पार गर्ने पहिलो फिल्म


0 comments
Write Down Your Responses