पोर्चुगललाई ३ अर्ब ३४ करोड पुरस्कार, कसले कति पाए हेर्नुहोस्

आयोजक फ्रान्सलाई हराउँदै पहिलो पटक युरोपियन च्याम्पियन बनेको पोर्चुगलले उपाधिसँगै ३ अर्ब भन्दा बढी नेपाली रूपैयाँ पुरस्कार पाएको छ। युरोकपको आयोजक युरोपेली फुटबल महासंघ युइएफएले ३० करोड १० लाख युरो अर्थात ३५ अर्ब ८१ करोड ९० लाख नेपाली रूपैयाँ बराबरको पुरस्कार रकम वर्ष २०१६ को युरो कपमा पुरस्कार रकम छुट्टाएको हो।

युइएफएका अनुसार हेर्नुहोस् कसले कति रकम पाए

पोर्चुगल- ३ अर्ब ३४ करोड
 फ्रान्स - २ अर्ब ७९ करोड ६५ लाख
जर्मनी- २ अर्ब २० करोड १५ लाख
वेल्स - २ अर्ब १४ करोड २० लाख


युरो कप विजेताले ८० लाख युरो, उपविजेताले ५० लाख युरो, सेमफाइनल पुग्ने चार टिमले ४० लाख युरो, क्वाटर फाइनलमा पुग्ने सबै ८ टिमले २५ लाख युरो, प्रिक्वाटर फाइनलमा पुग्ने सबै १६ टिमले १७ करोड ६४ लाख, समूह चरणका खेल जित्नेले १० लाख युरो, समूह चरणका खेल बराबरी गर्नेले ५ लाख युरो र हरेक तयारी खर्च सबै २४ टिमलाई ८० लाख युरो रकम दिएको छ। तयारी खर्च रकम सहभागी सबै २४ टिमले पाइसकेका छन्।

यो पुरस्कार रकम सम्बन्धित देशको फुटबल संघको खातामा जानेछ। सम्बन्धित देशको फुटबल संघले नै खेलाडीलाई तलब भत्ता तथा बोनस दिनेछ।

,

0 comments

Write Down Your Responses