विप्लव माओवादीले साउन १० गते नेपाल बन्द गर्ने
काठमाडौं, ३१ असार । नेकपा माओवादीले आगामी साउन १० गते नेपाल बन्दको घोषणा गरेको छ।
शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी पार्टी प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले साउन १० गते नेपाल बन्द गरिने जानकारी दिए ।
सर्लाहीको सागरनाथ सुकुम्वासी बस्तीमा सरकारले सुरक्षा फौज परिचालन गरेर बर्बर दमनको क्रमलाई जारी राखेको भन्दै विरोधस्वरुप नेपाल बन्दको घोषणा गर्नु परेको उनले बताए ।
आज पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पहिलो चरणमा साउन १ गते देशव्यापी भण्डाफोर गर्ने, २ गते बिहान ९–११ बजेसम्म देशव्यापी चक्काजाम, ३ गते देशव्यापी अन्तरक्रिया, ५ गते देशव्यापी जनप्रदर्शन र १० गते नेपाल बन्द गर्ने कार्यक्रम रहेको प्रकाण्डले बताए ।



0 comments
Write Down Your Responses