राजधानीमा नारा लाग्यो '''''' I AM WITH K P WOLI'

प्रधानमन्त्री केपी ओलीलाई आफ्नो अडानबाट पछि नहट्न आग्रह गर्दै राजधानीमा युवाहरूले प्रदर्शन गरेका छन्। राजधानीको माइतीघर मण्डलामा आई एम विथ् केपी ओली लेखिएको ब्यानर र ओलीको समर्थनमा लेखिएका प्लेकार्ड सहित युवाहरू नारा लगाइरहेका थिए। नेकपा माओवादी केन्द्रले संसदमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि ओली सरकार धर्मराउन पुगेको छ। माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले ओलीलाई समर्थन फिर्ता लिने निर्णय गरेपछि एकाएक सामाजिक सञ्जालमा #IamWithKpOli ह्यास ट्याग राखेर फेसबुक ट्विटरमा भाइरल बनेको थियो। ओली सरकारको समर्थनमा फेसबुक र ट्वीटरमा #IamWithKpOli दिएर फेसबुक पेज नै बनाएर युवाहरूले अभियान नै चलाएका थिए।

0 comments

Write Down Your Responses