ऋतिकले तोडे सलमानको किर्तिमान
मुम्बई – ऋतिक रोशनले आफ्नो चलचित्रको स्याटेलाइटको अधिकार बिक्री गर्ने मामिलामा सलमान खानलाई पछि छाडेका छन् । ऋतिकले एक टिभी नेटवर्कसँग सन् २०१७ देखि आफ्नो चलचित्र प्रशारण गर्ने अधिकार ५५० करोडमा बिक्री गरेको भारतीय मिडियाले बताएको छ । यसअघि सलमान खानले स्टार नेटवर्कसँग सन् २०१४ देखि १९ सम्मका लागि टेलिभिजन राइट ५ सय करोडमा बिक्री गरेका थिए । यद्यपि, उनले कुन टिभी च्यानलसँग यो करार गरेका हुन् भन्ने खुल्न सकेको छ । सन् २०१७ मा उनको काबिल नामक चलचित्र रिलिज हुँदैछ । अजय देवगनले पनि सन् २०१७ मा आउने आफ्नो सबै चलचित्रको अधिकार ४ सय करोडमा स्टार इन्डियासँग डिल गरेका छन् भने वरुण धवनले पनि ३ सय करोडमा आफ्नो चलचित्रहरुको डिल गरेका छन् । कसरी हुन्छ स्याटेलाइट अधिकारको डिल ? कुनै पनि टिभी नेटवर्क या च्यानललाई स्याटेलाइट अधिकार बेचिन्छ । यसपछि टिभीसँग उक्त चलचित्र टिभी च्यानयलमा प्रिमियर र ब्रोडकास्ट गर्ने अधिकार हुन्छ । यो करार विशेष गरेर निर्माता कम्पनी र टिभी च्यानलबीच हुनेगर्छ । यसमा एक वा सोभन्दा बढी चलचित्रमा करार गर्न सकिन्छ । ऋतिकको ब्याङ ब्याङ, अग्निपथ, जिन्दगी मिलेगी ना दोबारा, क्रिस ३ ले राम्रो व्यापार गरेको थियो । उनको आगामी चलचित्रले पनि राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । यसअघि तनुवेड्स मनुले टेलिभिजन राइट बेचेर २५ करोड, दिलवालेले ६० करोड र बाजिराव मस्तानीले ५० करोड कमाएको थियो ।



0 comments
Write Down Your Responses