ज्योति मगरलाई १० प्रश्नः गगन थापासँग डेट जाने रहर छ

काठमाडौं – ज्योति मगर संगितिक क्षेत्रकी ग्लामरस तथा सेक्सी गायिका हुन् । लोक गीत गायर उदाएकी मगर अहिले म्युजिक भिडियो र स्टेज पर्फमेन्सले चर्चित छिन् । खुल्लापन अपनाएर चर्चाको बिषयबन्दै आएकी मगर बिभिन्न महोत्सवका लागि महँगी गायिका पनि हुन् । उनी जहाँ जान्छिन्, केही न केही हंगामा गर्न पछि पर्दिनन् । मिडियाका कसरी हट केक बन्न सकिन्छ भन्ने राम्ररी बुझेकी उनलाई धेरैले अस्लिल गायिका भनेर पनि आलोचना गर्ने गरेका छन् । लोक गायिका भएर चलचित्रका हिरोइनले भन्दा पनि छोटा लुगा लगाउछिन् उनी । ‘कला’ र ‘गला’ ले अहिलेको स्थानमा आइपुग्न सफल भएको बताउने उनीसँग रातोपाटीले १० प्रश्न राखेको छः



 बाहिर निस्कदा मेकअपमा कति समय लाग्छ ?

 समय लाग्छ नि । पुरै रेडी हुन दुईदेखि तीन घन्टा लाग्छ । किनभने मेकअप गर्दै ऐना हेर्दै गर्छु म । हेर्दा राम्रो भएन भने पुरै पुछेर फेरी गर्छु । कपडा पनि त्यस्तै हो । म तयार हुँदा मैले छान्दै फाल्दै गरेको कपडा कोठा भरी हुन्छ ।


 फिटनेश पनि गर्नु हुन्छ कि ?

म सारै अल्छी छु । बिहानभर सुत्छु । त्यसैले त्यस्तो फिटनेश सिटनेश केही गर्दिन ।

 पर्समा पैसा बोक्ने बानी छ कि छैन, कति बोक्नु हुन्छ ?

 कन्डिसन हेरेर बोक्ने गरेकी छु । अर्काको पार्टीमा जानु छ भने त्यस्तै चार पाँच हजार मात्र बोक्छु । नत्र १५ हजार भन्दा माथि बोक्ने गरेकी छु ।


 बाँहिर हिडेपछि के पर्छ पर्छ । पैसा बोक्न बिर्सिएर अप्ठ्यारो परेको छ कि छैन ?

 त्यस्तो घटना धेरै छ । ति मध्ये एक घटना मैले बिर्सन सकेको छैन । कुन्नी कहाँ गएको थिए । त्यो चाँहि याद छैन । त्यो बेला पर्स बोक्न बिर्सिएछु मैले । त्यतिबेला मलाई हजार रुपैयाको आवश्यकता परेको थियो । धेरै जनासँग मागे तर कसैले दिएनन् ।

 यात्रा गर्न केमा रुचि छ ?

मलाई म त गाडी मनपर्छ । तर आफ्नो छैन । त्यसैले अहिले स्कुटी मै हिँड्ने गरेकी छु ।

 छिट्टै गाडी किन्ने इच्छा छ सानो तिनो । कतिको रुन्चे हुनुहुन्छ ?

 धेरै रुन्चु म । स्कुटी चलाउँदा पनि रोएकी छु । ट्याम्पु चढ्दा पनि रोएकी छु । मलाई पहिले पहिले यो काठमाडौको गल्लि गल्लिमा मेरो आँसु छ भन्ने फिल हुन्थ्यो ।

 सबैभन्दा बढि खुसी भाको क्षण छ कि ?

 धेरै खुसी भएको क्षण म दाङमा हुँदा त्यो हो । त्यो बेला मैले गायनमा उत्कृष्ट पुरस्कार पाएकी थिए । त्यो बेला मेरो नाम रेडियोबाट बाचन भएको थियो । काठमाडौ आए पछि टुबोर्क दोहोरी गीत प्रतियोगीतामा उत्कृष्ट पुरस्कार पाएर भोलिपल्ट पत्रपत्रिकामा छाउँदा धेरै खुसी भएको थिएँ ।

 रिस उठ्छ कि उठ्दैन ?

एक दम उठ्छ । कसैले झुट बोल्यो भने ।

 पुरा नभएको सपना केही छ कि ?

छ, त्यो अध्यायन हो । मैले धेरै अध्ययन गर्न भ्याइन । त्यसैले होला सधै जसो सपना पनि म परीक्षा दिएको देख्छु । त्यसको अलवा डरलाग्दो सपना पनि देख्छु ।

 रोजेको ब्यक्तिसँग डेट जाने अफर मिल्यो भने ?

डेट गइरहेकी हुन्छु । मलाई क्यान्डल डेट मन पर्दैन । त्यस्तै अवसर मिल्यो भने युवा नेता गगन थापासँग डेट जाने रहर छ । उहाँ मलाई मनपर्ने नेता पनि हुन् ।

,

0 comments

Write Down Your Responses