लोकमानलाई अदालतमै कालो मोसो नेताहरूको शरीरको वस्त्र उतार्ने लोकमानको चेतावनी

तारेख बुझ्न सर्वोच्च अदालत पुगेका लोकमानसिंह कार्कीलाई केहीबेर अघि एक व्यक्तिले अदालत परिसरमै कालो मोसो दलेका छन्। कार्कीले तारेख बुझेर हस्ताक्षर गर्नै लागेको बेला ती व्यक्तिले कार्कीको एउटा गालामा मोसो दलेका हुन्। कार्कीलाई मोसो दलेपछि परिसरमा हल्लाखल्ला भएको थियो। वरिपरिका मानिसहरूले समात समात भनेपछि ती व्यक्ति भाग्न खोजेका थिए। करिब २० मिटर पर पुगेपछि उनलाई अदालतका प्रहरीले पक्राउ गरेका थिए। पक्राउ पर्दै गर्दा ती व्यक्तिले नेकपा माओवादी जिन्दावाद, हत्यारा र भ्रष्टाचारीलाई कारबाही गर भन्दै नारा लगाएका थिए। कार्की उनीविरूद्ध अदालतमा परेको मुद्दाको तारेख बुझ्दै थिए। म्याद तामेली गर्न अवरोध पुर्‍याएको भन्दै अदालतमा परेको रीट निवेदनमा कार्की स्वयम्लाई उपस्थित भएर तारेख बुझ्न अदालतले आदेश दिएको थियो। संयोगबस आजैदेखि अदालतमा कार्कीको नियुक्तिको संवैधानिकताको विषयलाई लिएर सुनुवाई सुरू भएको छ।

,

0 comments

Write Down Your Responses