News
»
बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २४ पुग्यो मृतककाे सनाखत अजै जारी।
बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २४ पुग्यो मृतककाे सनाखत अजै जारी।

चैत ३० । खोटाङको महादेवस्थान गाविसको बर्खेटारमा बस दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ।
सदरमुकाम दिक्तेलबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ख ६३७६ नम्बरको बस ३० चैत विहान साढे ८ बजे महादेवस्थान–१ बर्खेटारको काभ्रेभीरमा सडकबाट करिब ५०० मीटर तल खस्दा २४ जनाको मृत्यु भएको हो । मृतक मध्ये गाडी चालक काठमाडौंका अर्जुन उप्रेती, उदयपुरका शान्ता राई, बजुनारायण श्रेष्ठ, उदिम राई, हेम सुनुवार, ओमश्री राई, खोटाङ निर्मालीका विमला राई, खोटाङ च्यास्मिटारका प्रेम राई, डिकुवाका& मेजर राई, याम्खाका भैरव राई, खार्मीकी नेत्रकुमारी राई, सुङ्देलका गोविन्द तिमिल्सेना, सोलुखुम्बुकी सुस्मा राई र सोलखुम्बुकै सोम सुन्दासको सनाखत भएको छ भने अन्यकाे सनाखत हुँदैछ । शुरुमा २८ जना सवार बसमा बाटोमा यात्रु थपिंदै जाँदा करिब ७० जना पुगेका थिए ।
सशस्त्र प्रहरी र स्थानीयवासीले ३१ जना घाइतेको उद्धार गरी हलेसी स्वास्थ्य चौकीमा पुर्याएका छन् । अधिकांश घाइतेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए । घटनास्थल सदरमुकाम दिक्तेलबाट करिब चार घन्टा पैदलयात्राको दूरीमा रहेको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ । उक्त ठाउँमा यसअघि पनि पटक पटक दुर्घटना हुने गरेको थियो ।
0 comments
Write Down Your Responses