पोखरा कप आजदेखि सुरु हुने ।।।
चैत्र -३०-२०७२- विभागीय सशस्त्र प्रहरीको टिम एपीएफ र सिमराको नवजागृति क्लब मनकामना केबलकार पोखरा कपको पाँचौं संस्करणको उद्घाटन खेलमा आम्नेसाम्ने हुँदैछन् । पोखरा रंगशालामा मंगलबारदेखि पोखरा कप आजदेखि सुरु हुने प्रतियोगितामा दुवै टिम पहिलोपटक एक–आपसमा भिड्न लागेका हुन् । भर्खरै झापा गोल्डकपमा सेमिफाइनलमा थ्रीस्टारसँग पराजित एपीएफ आºना अनुभवी खेलाडी लिएर सेट टिमसहित युवा खेलाडीले भरिएको नवजागृतिसँग भिड्दै छ । यसअघि पोखरा कपका चारवटै संस्करणमा सहभागिता जनाइसकेको एपीएफ एक पटक सेमिफाइनल र बाँकी तीन पटक क्वाटरफाइनलबाटै बाहिरिएको छ । चौथो संस्करणको पोखरा कपमा एपीएफ थ्रीस्टारसँग सेमिफाइनलमा पराजित भएको थियो । पोखराको मैदानमा राम्रो अनुभव सँगालेको एपीएफले सजिलै नवजागृतिलाई पन्छाउने रणनीतिसहित खेल्दैछ । टिम राम्रो तयारीका साथ आएको छएपीएफका टिम म्यानेजर जीवेश पाण्डेले भने, नतिजा हाम्रै पक्षमा आउने किसिमले खेल्नेछौं । पूर्वको राम्रो क्लब मानिएको नवजागृति पनि १९/२० वर्षका जोसिला युवा खेलाडीको टिमसहित मैदानमा उत्रिँदैछ । क्लबद्वारा सञ्चालित एकेडेमीका ६/७ जना र बाँकी बाहिरका खेलाडीलाई लिएर नयाँ टिमसहित पोखरा कपमा पहिलो पटक सहभागिता जनाउँदै छ । सिमरा गोल्डकपमा राम्रै खेल प्रदर्शन गर्दै आएको क्लबले पाँचांै संस्करणको प्रतियोगितामा कपसमेत उचालिसकेको छ । पोखरामा आहा गोल्डकपमा खेले पनि क्वाटरफाइनलबाट माथि जान भने सकेको छैन । खेलाडी सबै जोसिला युवाहरू छन् । टिम नयाँ भए पनि राम्रै बनेको छ, नवजागृतिका टिम म्यानेजर विनोद पन्तले भने,प्रतिद्वन्द्वी टिम अनुभवी भए पनि हाम्रो टिम विशेष तयारीसहित नै आएको छ ।’ उनले खेलमा हार–जित स्वाभाविक भए पनि जित्ने रणनीति बनाएरै खेल्ने बताए । प्रतियोगितामा यी दुई टिमसँगै त्रिभुवन आर्मी, पुलिससँगै मनाङ मर्स्याङ्दी, सरस्वती क्लब, थ्रीस्टार, धरान फुटबल क्लब, रूपन्देही–११, रमपम झापा र भारतको दिल्ली एएफसी सहभागी हुने एन्फा कास्कीका अध्यक्ष धर्मबहादुर लामिछानेले बताए । प्रतियोतिगामा विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ र उपविजेता टिमले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । मनकामना दर्शन पालिको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिता वैशाख ११ गतेसम्म सञ्चालन हुनेछ ।


0 comments
Write Down Your Responses