वेलायतमा अक्षयकुमार पक्राउ

वैशाख ३, २०७३- चलचित्र छायांकनका क्रममा बेलायत पुगेका बलिउड अभिनेता अक्षयकुमार प्रहरीको फन्दामा परे । बेलायतस्थित हिथ्रो विमानस्थलबाट पक्राउ परेका अक्षयलाई वैध भिसा नभएको आरोपमा नियन्त्रणमा लिइएको बताइएको थियो । १५ दिने छायांकनको सेड्युअलमा लन्डन पुगेका अक्षय विमानस्थल कर्मचारीले उनको भिसा अवैध भएको बताएपछि चकित परेका थिए । अक्षय क्यानाडाका नागरिकका साथमा हिथ्रो विमानस्थल पुगेका थिए । क्यानाडाका नागरिक पर्यटकका रूपमा बेलायतमा बिनाभिसा आउन पाउने नियम भए पनि चलचित्र छायांकनका लागि भने भिसा लिनुपर्ने अधिकारीहरूको भनाइ थियो । विमानस्थल अधिकारीले दुवैसँग केही समय बयान लिएपछि कागजात बनाएर उनीहरूलाई छोडेका थिए । यस क्रममा अक्षयले डेढ घण्टा प्रहरी नियन्त्रणमा बस्नुपरेको भारतीय सञ्चारमाध्यमहरूको भनाइ छ ।

0 comments

Write Down Your Responses