नेपाल द्वारा नम्बेबिया ५ वेइकेट ले पराजित

काठमाडौं, ४ वैशाख । विश्व क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत नामिबियाविरुद्ध नेपालले पहिलो जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको १९६ रनको चुनौति पछ्याएको नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । शरद भेष्वाकर र विनोदको ८४ रनको साझेदारीमा नेपालले १७ बलअघि नै जित हात पारेको हो । नेपालका लागि भेष्वाकरले ९९ बल खेलेर ५० रनको योगदान गरे भने भण्डारीले ५९ बल खेलेर ४० रन बनाए । भेष्वाकर र भण्डारी दुबै अविजित रहे । नामिबियाका एसएफ बर्गर र जी स्याइमनले समान २-२ विकेट लिए भने जेट जोर्निवाल्डले एक विकेट लिए । यसअघि टस जितेर व्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर १९५ रन बनाएको थियो । उसका लागि फारेल बर्गरले सर्वाधिक ३८ रन बनाए । नेपालका लागि वसन्त रेग्मीले ३, सोमपाल कामीले २, कप्तान पारस खड्का र सन्दिप लामिछानेले १–१ विकेट लिए । नामिबियाविरुद्धको दोस्रो वैशाख ६ गते सोमबार हुनेछ । दुबै खेल जिते नेपालले बंगलादेशमा हुने विश्वकप छनोट खेल्न पाउने सम्भावना बोलियो\\\\\\\\

, ,

0 comments

Write Down Your Responses