कांग्रेस नेतृत्वमा सरकार बन्ने आधार छैन : दाहाल

वैशाख ४, २०७३- एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले तत्काल कांग्रेस नेतृत्वमा सरकार बन्ने आधार नभएको बताएका छन् । उनले कांग्रेसले सरकार गिराउँदैमा नगिर्ने पनि जिकिर गरे । तर वर्तमान सरकारमै कांग्रेसलाई सहभागी गराउन पहल गर्ने बताए । आगामी बजेट तथा कार्यक्रममा कर्णालीलाई सम्बोधन कसरी गर्न सकिन्छ भन्ने बारेमा बुझ्न कर्णाली भ्रमणमा निस्केका अध्यक्ष प्रचण्डले रिर्पोटस क्लब नेपाल शाखा जुम्लाको साक्षात्कारमा कसैले गिराउँदैमा गिर्ने, कसैले ढाल्दैमा ढल्ने सरकार नभई संसदको बहुमतबाट आएकोले जनताको म्यान्डेट अनुसार काम गरेरै छाड्ने बताए । ‘अब कांग्रेसलाई सरकारमा सहभागी गराई राष्ट्रिय स्वरुप दिने विषयमा छलफल अघि बढ्छ,’ उनले भने । अध्यक्ष दाहालले संविधान घोषणा गर्न एक भएका राजनीतिक शक्तिहरु संविधान कार्यान्वयनका लागि पनि एक हुन आवश्यक भएकोमा जोड दिए । प्रमुख प्रतिपक्षी दल कांग्रेससहित मधेसवादी दल एकै थलोमा आएर संविधान कार्यन्वयनका लागि ऐन बनाउने तर्फ अघि बढ्नुपर्ने उनले बताए । भूकम्प पछिको परिस्थिती चिर्न, नाकाबन्दीका कारण आइ परेको समस्यसँग जुध्नका लागि नेपालले आफ्नै प्रकारको योजना निर्माण गरिरहेको उनले खुलासा गरे । मधेस आन्दोलनले उठाएका केही मागहरु सम्बोधन भएको भन्दै असन्तुष्टका सवालमा बसेर छलफल चलाउने आश्वासन दिए । उनले माओवादी फुटेर देशलाई हित नभएको भन्दै अब फुटेका सबै माओवादी एकै थलोमा आएर देशलाई निकास दिने समेत दाबी गरे । माओवादी कमजोर भए आदीवासी, जनजाती, कर्णाली जस्तो पिछडिएको क्षेत्र कमजोर हुने भन्दै त्यसका लागि बलियो माओवादीको खाँचो रहेको बताए । उनले कर्णालीको समग्र विकासको लागि विशेष ध्यान दिने पनि बताए । तत्काल कर्णालीका खडेरीपीडित किसानको राहतका लागि पहल गर्ने भन्दै यहााका शिक्षा, स्वास्थ्य र विकासमा बढि जोड दिएर आवाज उठाउने प्रतिवद्धता व्यक्त गरे । संविधान निर्माणपछि बनेको सरकारले जनताका आवश्यकता बमोजिमका निति तथा कार्यक्रम बनाउनु पर्ने भन्दै जनता र कर्णालीवासीसँग सुझाव माग्दै आफु कर्णाली भ्रमणमा निस्केको बताए खलंगामा अध्यक्ष प्रचण्डले स्थानिय कर्मचारी, कार्यकता भेटघाटलाई तिव्र बनाएका

,

0 comments

Write Down Your Responses