पोखरामा प्याराग्लाइडिङ विस्थापित हुने चिन्ता

पोखरामा अन्तराष्ट्रिय विमानस्थल काठमाडौं: पोखराको छिनेडाँडामा नयाँ विमानस्थल निर्माण हुने भएपछि हवाई खेलकुद विस्थापन हुने चिन्ता सुरु भएको छ। विमानस्थल निर्माणका लागि सरकारले औपचारिक रूपमा शिलान्यास गरिसकेको छ। आगामी चार वर्ष भित्रमा नै विमानस्थल सञ्चालनमा आउने भएकोले त्यसपछि पोखराका हवाई खेलकुदका गतिविधि संकटमा पर्ने छन्।हवाई खेलकुदको अहिलेको सबैभन्दा उपयुक्त र पर्यटकीय आकर्षको क्षेत्र पोखरा नै हो। पोखराका हवाई खेलकुदका गतिविधि सञ्चालन भएका सबै क्षेत्र विमानस्थलको सीमाभित्र पर्ने भएकोले विस्थापनको चिन्ता सुरु भएको एभिया क्लवकी अध्यक्ष नतासा श्रेष्ठले बताएकी छन्। नेपालमा अल्ट्रालाइटको सुरुवात गर्ने श्रेष्ठका अनुसार विमानस्थल सञ्चालनपछि हवाई खेलकुदको भविष्य नै संकटमा पर्ने चिन्ताले अहिलेदेखि सताउन थालको छ। पोखराको सराङकोटमा सञ्चालनमा रहेका सबै प्याराग्लाइडिङ तथा अल्ट्रालाइट नयाँ विमानस्थल सञ्चालनमा आएपछि विस्थापन गर्नुपर्ने भएकोले अहिले नै विकल्प खोज्नुपर्ने श्रेष्ठले बताएकी छन्। सरकारले विमानस्थल निर्माणपछि असर पर्ने यो हवाई खेलकुदका बारेमा छिट्टै आधिकारीक जानकारी दिएर अन्यत्र जान र तयारी गर्न समय सीमा तोकिदिनुपर्ने नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष योगेश भट्टराईले बताए। उनले भने,'सरकारले हाम्रो व्यवसायको उपयुक्त ठाँउ र स्थानान्तरण लागि समय सीमा तोक्नुपर्छ ।’ भर्खर विमानस्थल शिल्यान्यास मात्रै भएकोले सञ्चालनमा आउने समयसमा उपयुक्त विकल्प निस्कने पनि भट्टराईको बुझाइ छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ विमानस्थल निर्माणपछि अहिले पोखराको सराङ्कोट र तोरेपानी सञ्चालन सुरु भएको प्याराग्लाइडिङ विस्थापित हुने बताएको छ । जति प्याराग्लाइडिङ र अल्ट्रालाइट पोखरामा सञ्चालनमा आएका छन् ती सबै नयाँ विमानस्थ निर्माण नहुँदासम्मका लागि मात्र भएको जानकारी पनि प्राधिकरणले दिएको छ। नयाँ विमानस्थल बनेपछि विस्थापन नयाँ विकल्प खोज्नुपर्ने वाध्यता हुने एभिया क्लवको भनाइ छ । यो क्लवले भने पोखरा विमानस्थलबाट आधा घन्टाको यात्रामा पुग्न सकिने मर्दिखोलाको उत्तरी भेगमा सम्भाव्यता हेरिहेको बताएको छ । अहिले पोखरामा मात्रै पाँच दर्जन हवाई खेलकुदका संस्था सञ्चानमा छन्। सकेसम्म पोखरा नजिकै हवाई खेलकुदका गतिविधि सञ्चालन गर्ने र यो क्षेत्रमा विकल्प नभेटे अन्यन्त्र जानुपर्ने एभिया क्लवकी अध्यक्ष श्रेष्ले बताएकी छन् । नेपालमा लामो लगानी र योगदान परेकोले नेपालबाट सकेसम्म लगानी फिर्ता गर्नु नपरोस भनेर उपयुक्त विकल्प खोजिरहेको श्रेष्ठको भनाइ छ। पोखरामा चिनियाँ सरकारको ऋण सहयोगमा निर्माण हुने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको विकल्प हुने भएको छ। बोइङ ७५७ अवतरण गर्न सक्ने यो विमानस्थल निर्माणपछि पोखरामा विदेशी पर्यटक सोझै आउन सक्नेछ। पोखरामा साढे ४७ अर्बको लागतमा नयाँ विमानस्थल निर्माण सुरु हुनुले पोखरेलीको ४० वर्षदेखिको सपना पूरा हुने भएको छ।

0 comments

Write Down Your Responses