नयाँ वर्षको दिन डोटीमा जिप दुर्घटना हुँदा आठजनाको मृत्यु \\\\\\

                   
         वैशाख १-२०७३ डोटीको जिजोडामाण्डौ गाविस-३ खाँणमा गएराति जिप दुर्घटना हुँदा ८ को मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीको अनुसार डडेल्धुरा सार्वजजिक यातायातको ना ४ ख ३२९४ नम्बरको जिप दुर्घटना भएको हो रजिल्ला प्रहरी कार्यालय डोटीको अनुसार जिजोडामान्डौँ–८ घर भएका ६२ वर्षीय प्रा डा जयराज पन्त।डा पन्त पद्मकन्या क्याम्पस, काठमाडौँमा प्राध्यापनरत थिए ।५५ वर्षीया गुडी पन्त र ५२ वर्षीया सावित्रा पन्तको मृत्यु भएको छ  यस्तै सोही क्याम्पसका प्राध्यापक ५२ बर्षिया साबित्री पन्त र ५२ वर्षकै गुडी पन्त, भेटनरी सेवामा सरकारी अवकास पाएका ६१ का डा.गणेशराज पन्त , ५९ वर्षका केशबराज पन्त, वर्ष ३६ की हरिनादेबी टमटाको घटनास्थलमै मृत्यु भएको छन् भने गाडीधनी तथा चालक बनलेक गाविस-१ बस्ने वर्ष ४५ को तेजबहादुर बलायर तथा जिजोडामाण्डौ-८भने बस्ने वर्ष १५ की जानकी ताम्राकारको उपचार गर्न लैजाने क्रममा बाटोमा मृत्यु भएको हो र यस्तै घटनामा भने ४५ वर्षीया नवरता पन्त, ३० वर्षीय गौरव पन्त, नौ वर्षीय लक्ष्मी नेपाली, ३८ वर्षीय धनबहादुर टमटा, ३८ वर्षकै कलावती टमटा, २२ वर्षीय अनिता टमटा र धौली टमटा घाइते भएका छन्  भने घाइतेहरुको उप क्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ भने जिप सडकबाट झन्डै ५०० मिटर तल खसेर दुर्घटना भएको डाटी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डिल्लीराज विष्टले बताए ।

0 comments

Write Down Your Responses