नयाँ वर्षमा प्रहरीको मापसे फन्दाम ४५ सवारी चालकहरु फन्दाम परयो \\\\\\\

       चितवनमा   प्रहरीले  मापसे गरेर नयाँ वर्ष मनाएकाहरु ४५ सवारी चालकहरुलाई पक्राउ गरेको छन्  । गएराति चितवनका विभिन्न क्षेत्रमा सवारी रोकेर उनीहरुलाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ । नयाँ वर्षमा रमाइलो गरेर मापसे गरी हिँडेकालाई पक्राउ गरिएको हो । उनीहरुलाई अहिले प्रहरी कार्यालय चितवनमा राखिएको छन्  भने आवश्यक कारबाहीपछि जरिवानासहित उनीहरुलाई प्रशिक्षण दिएर छाडिने जनाइएको छन् र टोल, गाउँ  विद्यालयका चालकलाई विभिन्न समयमा चेतना दिएर प्रशिक्षण दिइए पनि अझै मापसे गरेर सवारी चलाउने क्रम भने रोकिएको छैन् । नियम उल्लङ्घन गर्नेमा बढी मोटरसाइकल चालक रहेको पाइएका छन् । मोटरसाइकल चालकले हेलमेट नलगाउने, लाइसेन्स अनि बिलबुक नबोक्ने तीनजना चढेर हिँड्ने गरेको   नियम विपरीत चलाउने गरेका छन् 


0 comments

Write Down Your Responses