संविधान खारेज गरेर देखाउन मधेशी मोर्चालाई गच्छदारको चुनौति

 वैशाख ४ मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संविधान खारेज गरेर देखाउन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई चुनौति दिएका छन्। संविधानप्रति असन्तुष्टि जनाउँदै आएको मोर्चाले काठमाडौ केन्द्रीत आन्दोलन गर्ने तयारी गरिरहेका बेला फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री गच्छदारले संविधान खारेज गरेर देखाउन मोर्चालाई चुनौति दिएका हुन्। फोरम लोकतान्त्रिकले पार्टीको पहिलो महाधिवेशनको तयारीबारे जानकारी दिन शनिबार पार्टी मुख्यालयमा गरेको पत्रकार सम्मेलनमा गच्छदारले व्यवस्थापिका संसद् र मातहतका समितिको बैठकमा भाग लिने अनि आफूले भनेका विषय समेटिएनन् भनेर संविधानको विरोध गर्न नसुहाउने बताए। फोरम लोकतान्त्रिकका अध्यक्ष एवं उपप्रधानमन्त्री गच्छदारले संविधानको पहिलो संशोधनले मधेशका धेरै माग सम्बोधन गरेको भन्दै प्रदेशको सीमांकन हेरफेरका लागि मोर्चा आन्दोलनको साटो वार्तामा बस्नुपर्ने बताए। उनले आफ्नो पार्टी पनि सात प्रदेशको विपक्षमा रहेको भन्दै प्रदेशको सीमांकनको विषयमा रहेको विवाद् वार्ताबाट टुंग्याउन सकिने बताए। फोरम लोकतान्त्रिकले आफ्नो महाधिवेशन यहि वैशाख २० गतेदेखि २२ गतेसम्म विराटनगरमा गर्ने भएको छ/

,

0 comments

Write Down Your Responses