जो एक सय ६० किलोको ढुङ्गा सजिलै उठाउँछन्
एजेन्सीः मानिस कति शक्तिशाली हुन्छन् भन्नेकुरा अनुमान गर्न सकिदैन । भारतको वाराणसीमा भारतसहित विश्वभरका १८ वलवानले आफ्नो शक्ति देखाएका छन् । भारतमा पहिलो पटक आयोजना भएको ‘वल्र्ड स्टोङमेन चेम्पियनशीप’मा विश्वभरका वलवानहरुले आफ्नो शक्ति देखाएका हुन् ।
प्रतियोगीतामा विश्वकै बलवानको व्यक्तिको रुपमा इस्टोनियाका टमोमिटरले आफ्नो नाम लेखाए । उनले एक मिनेट १८ सेकेण्डमा १२५ किलोको ढुंगा, १७५ किलोको शीप एंकर, १५६ किलोको एन्विल र १६० किलोको ढुंगा उठाएका थिए ।
विश्वस्तरकै यो प्रतिस्पर्धाको आयोजना ‘वल्र्ड स्टोङम्यान एसोसिएसन’ ले पहिलो पटक भारतमा गरेको हो । प्रतिस्पर्धामा इङ्ल्याण्ड, बेलारुस, पोल्याण्ड, नर्वे, मलेसिया, उज्वेकिस्तान, इटाली, आयरल्यण्ड, लेटबिया, रुस, भारतलगायतका देशकोे सहभागिता थियो ।
प्रतियोगितामा उपस्थित भएका १८ खेलाडीमध्ये १३ मात्र छनोट भएका थिए । प्रतियोगितामा भारतका मुकेक कुमार सहभागी थिए । प्रतिस्पर्धाको सुरुमा ‘लङलिफ्ट’ मा रुसका मिखेल अब्बल देखिए । बस पुलिङ अर्थात् बस तान्ने प्रतियोगितामा युकेका मार्क फ्लिकले बाजी मारे ।



0 comments
Write Down Your Responses